अस्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई

अस्ट्रेलियन ओपन टेनिसको उपाधि विश्व नम्बर एक सर्वियाका नोभाक जोकोभिचले हात पारेका छन् । उनले आइतबार मेलवर्नमा सम्पन्न फाइनमा रसियाका डेनिल मेदभेदेबलाई पराजित गरेका हुन् । 

जोकोभिचले मेदभेदेबमाथि ७–५, ६–२ र ६–२ सेटको जित दर्ता गरे । जोकोभिचले लगातार तेस्रो तथा समग्रमा ९ औं अस्ट्रेलियन ओपन उपाधि हात पारेका हुन् । उनको यो १८ औं ग्रान्डस्लाम उपाधि हो । 

महिला तर्फको उपाधि जापानकी नाओमी ओसाकाले हात पारिन् । उनले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गरेकी थिइन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया