प्रधानमन्त्री गरे दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुरमा स्थापना हुने भनिएको बहुचर्चित दैजी–छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।  २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्रीका भएका बेला सो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो ।

त्यसयता औद्योगिक क्षेत्र निर्माणको कामले गति लिन सकेको थिएन । प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्र निर्माणको कामले गति लिने स्थानीयको आशा छ । 

नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भनिएको छ। औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९०० बिघा जग्गा उपलब्ध गराएको भएपनि हाल ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ ।

औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन्।

यस अघि नै स्थानीय जनचेतना सामुदायिक वनको २०० हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको उच्चस्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो। 



दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो।

त्यसपछि आव २०७१/७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो ।



  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १६:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया