नेपाली भलिबल टिमलाई केल्मीको साथ

नेपाली भलिबल टिमलाई स्पेनिस खेल सामग्री निर्माता कम्पनी केल्मीले मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ । 

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपालका लागि केल्मीको आधिकारिक बिक्रेता केल्मी नेपालका प्रमुख प्रदीप न्यौपानले सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार केल्मीले भलिबल टिमलाई २ वर्षसम्म प्रायोजन गर्नेछ ।  नेपाली भलिबलले पहिलोपटक प्रायोजक पाएको हो । सम्झौता रकम भने खुलाइएको छैन । 

सम्झौता अनुसार केल्मीले भलिबल टिमलाई २५० वटा भलिबल उपलब्ध गराउनेछ । केल्मीले महिला तथा पुरुष भलिबल टिमलाई २०–२० ट्रयाक सुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता, मोजा तथा प्रशिक्षणका बेलामा लगाउने जर्सी लगायत उपलब्ध गराउनेछ ।

प्रायोजन बापत नेपाली भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा केल्मीको लोगो अंकित जर्सी लगाउने छन् । नेपाल भलिबल संघको स्वीकृति प्राप्त घरेलु प्रतियोगिताहरूमा पनि केल्मीको भलिबल प्रयोग गर्नुपर्नेछ । 

केल्मीले नेपालको राष्ट्रिय फुटबल टोलीलाई पनि प्रायोजन गर्दै आएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १७:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया