श्रीमतीको प्रहारबाट श्रीमानको मृत्यु
फरकधार / ११ फागुन, २०७७
सांकेतिक फोटो

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी हुन । 

२८ वर्षीया वसन्ती चौधरीले मंगलबार बिहान आफ्ना पति ३० वर्षीय ओमकुमार चौधरीको हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार वसन्ती फरुवा प्रहार गरी पति ओमकुमारको हत्या गरेकी हुन् । घरायसी विवादका क्रममा झगडा भएको थियो । सोही क्रममा  वसन्तीले श्रीमानलाई फरुवा प्रहार गरेकी थिइन् । घटनास्थलमै ओमकुमारको ज्यान गएको थियो । 

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।   मृतक ओमकुमारको टाउकोमा चोट देखिएको र वसन्तीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ९:२३:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया