प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा गत साता क्रमिक ओरालो लागिरहेको सुनको मूल्य फेरि बढ्न थालेको छ।

अघिल्लो दिनको भन्दा मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ। मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी  व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला ८९ हजारमा स्थिर थियो। 

गत साता छापावाल सुन प्रतितोला ८८ हजार २ सयसम्म पुगेको थियो। फेरि बढ्दै तोलाको ९० हजारमाथि उक्लिएको हो। सुनको मूल्य तीन दिनमा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ।

आइतबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार स्थिर रहे पनि मंगलबार १ हजार १ सयले बढेर ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढ्दा मंगलबार प्रतितोला १ हजार ३६० रुपैयाँ भएको छ। सोमबार ५ रुपैयाँ बढ्दा प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १८१२.५७ डलर भएको छ। चाँदीको मूल्य प्रतिऔंस २८.१६ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १३:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया