अब प्रधानमन्त्री ओलीले एक मिनेटमा राजीनामा दिनुपर्छः ठाकुर गैरे

सर्वोच्च अदालतले ५ पुसमा विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयसँगै नेकपामा प्रचण्ड–माधव समूह खुसी भएको छ । यो समूहले विभिन्न ठाउँमा दीपावली गर्ने र अदालतले न्यायको पक्षमा फैसला गरेको जनाएको छ । 

प्रचण्ड माधव समूह प्रतिनिधिसभा विघटन भएसँगै यसको पुनस्र्थापना हुनु पर्ने माग गर्दैै सडकमा निस्किएको थियो ।

‘अब प्रधानमन्त्रीले मिनेटभित्र राजीनामा दिनुपर्छ,’ यही समूहका एक नेता ठाकुर गैरेले फरकधारलाई बताए । उनले भने, ‘देशमा न्याय छ र न्यायालय छ भन्ने यसले प्रमाणित गरेको छ ।’





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १८:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया