प्रचण्डले भने : ओलीजी अलिकति लाज र घिन छ भने राजीनामा दिनू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको  राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि मंगलबार साँझ चितवनबाट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमा अलिकति पनि लाज घिन भए राजीनामा दिनुपर्ने बताएका हुन्।

‘यदि तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले ओलीलाई भनेका छन्। 

प्रचण्डले ओलीतिर गएका सांसद र नेताहरुलाई आफ्नो समूहमा फर्किन पनि आग्रह गरेका छन्। 

'ओलीसँग गएका सांसद हाम्रो नेतृत्वको नेकपामा आउनुहोस् हामी स्वागतका लागि तयार छौँ', उनले भने। संसद पुनःस्थापनापछि प्रचण्ड र माधव नेपालले चितवनमा एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्। 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार २०:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया