वामदेव गौतमले भने– अब सचिवालय बैठक बोलाऔँ

नेकपा उपाध्यक्ष वामदेव गौतमले अब सचिवालय बैठक बोलाउनु पर्ने माग अगाडि सारेका छन् । विभाजनअघिको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उनले तत्काल पार्टी सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

यसअघि ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उपाध्यक्ष वामदेव गौतम विभाजित नेकपामा कुनै पनि खेमामा लागेका थिएनन् । उनले आफूले एकता अभियान चलाउने घोषणा गरेका थिए । 

आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै वामदेवले दुई अध्यक्षले पार्टी सचिवालय बैठक बोलाउनु पर्ने माग गरेका हुन् । उनले आफू नेकपाको उपाध्यक्ष भएको हैसियतमा पार्टी सचिवालय बैठक बोलाउन माग गरेको बताएका छन् ।

सोही विज्ञप्तिमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले अब ढिला नगरी प्रतिनिधिसभा बैठक बोलाउन पनि आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन पनि गौतमले सुझाएका छन् ।

विज्ञप्तिमा सर्वोच्चको संसद पुनस्र्थापनाको फैसलालाई गौतमले ऐतिहासिक बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १०:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया