संसद पुनःस्थापनापछि ओलीका सुर्खेत र पोखराका कार्यक्रम स्थगित
फाइल तस्बिर

नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली निकट समूहले सुर्खेत र पोखरामा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । 

फागुन १४ वीरेन्द्रनगरस्थित घण्टाघर चोकको उत्तरपश्चिम तर्फको खाली चौर आयोजना गर्न लागिएको आमसभा स्थगित भएको हो । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

ओली निकट नेताहरू आफ्नो शक्ति प्रदर्शनका लागि तिव्र तयारीमा जुटेका थिए । तर, प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि सभा स्थगित भएको ओली निकट नेताहरूले बताएका छन् । पार्टीबाट आमसभा स्थगित भएको जानकारी आएका ओली निकट नेता तथा कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर खत्रीले जानकारी दिए । ‘यो कारणले स्थगित भयो भन्ने केही छैन,’ उनले भने, ‘केन्द्रबाट आमसभा स्थगित भएको जानकारी आएको छ ।’ 

यसै गरी यही फागुन १५ गते पोखराको अमरसिंह चोकमा आयोजना गरिएको जनसभा पनि हाललाई स्थगित गरिएको छ । नेकपा ओली पक्षका गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले उक्त जानकारी गराएका हुन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १३:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया