सशस्त्र प्रहरी इन्स्पेक्टर र सई ५० हजार घुससहित समातिए

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवामा कार्यरत एकजना इन्स्पेक्टर र सशस्त्र प्रहरी नायव निरीक्षक ५० हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित टोलीले गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख, इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको बुटवलस्थित आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले बताएका छन्। दुवैजनाले काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै घुस लिएका थिए ।
 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १५:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया