महेश बस्नेतको नजरमा अबका तीन विकल्प

ओली पक्षीयनेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाली राजनीतिमा अब तीन महत्वपूर्ण विकल्प मात्र रहने औँल्याएका छन् ।
 
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि अबका दिनमा मुलुकमा तीन मात्र विकल्प भएको उनले बताएका हुन् । राष्ट्रिय युवा संघ नेपालको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले अबको दशौँ वर्ष नेपालको राजनीति प्रधानमन्त्री केपी ओलीकै वरिपरि घुम्ने दाबी गरे । 

नेता बस्नेतले पहिलो विकल्पको रुपमा अबको प्रधानमन्त्री केपी ओली नै रहने, दोस्रो विकल्पको रुपमा संविधानअनुसार पुनः अर्को नयाँ सरकार बन्ने अवस्था नभएपछि पुनः निर्वाचनमा गई ताजा जनादेश तथा तेस्रो विकल्पको रुपमा माधव–प्रचण्डद्वारा आत्मघाती विकल्पको रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने रहेको बताए । 

सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदमा हाल ६४ प्रतिशतभन्दा बढी मत रहेको र पार्टी औपचारिक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको बताए । संसदीय दलमा केपी ओलीविरुद्ध कुनै पनि अविश्वासको प्रस्ताव नआएकाले पार्टी तथा सरकारको नेतृत्वमा ओली नै रहेको उनको दाबी छ । 

उनले माधव–प्रचण्डले कम्युनिस्टहरुको शासनलाई कांग्रेस तथा जनता समाजवादी पार्टीलाई जिम्मा लगाई नेपालको इतिहासकै सबैभन्दा ठूलो गद्धारी गर्ने कार्यको सुरु गरेको बस्नेतको भनाइ छ । ‘प्रचण्ड–माधवले प्रधानमन्त्रीको पद किस्तीमा हालेर कांग्रेसलाई बुझाउँदै हुनुहुन्छ ।’ 

संविधान अनुसार नयाँ सरकार बन्न सकेन भने हिजो संसद विघटनको विरुद्धमा फैसला गर्ने अदालतमाथि समेत ठूलो नैतिक संकट आउने उनले बताए ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १६:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया