‘टिकटक क्विन सुपरम्यान’को म्युजिक भिडियो सार्वजनिक

मोडेल गरिमा शर्मा र रुचि विश्वास फिचर्ड  बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ।  

डान्सिङ शैलीको यस गीतमा गायक कृष्ण ढकाल र गायिका रचना रिमालको गायकी सुन्न सकिन्छ। गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा नायक पल शाह र गायक तथा मोडेल दुर्गेश थापालाई समेत देख्न सकिन्छ। राजीव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।  

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई को ‘शाह प्रडक्नस फिल्म्स’ आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो। यसै प्रडक्सन हाउसबाट पल शाह फिचर्ड ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ।  





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १७:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया