नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा सर्वोच्चले २० गते निर्णय दिने

नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ।

उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने भएको हो । 

आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गरिदिएपछि उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट ०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १७:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया