साँझ मन्त्रिपरिषद् बैठक बस्दै, संसद बोलाउने तयारी
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि मन्त्रिपरिषद्को बैठक पहिलो पटक बस्न लागेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसद बोलाउने विषयमा छलफल हुने बताइएको छ । 

आजको बैठकले राष्ट्रपतिलाई संसद बैठक बोलाउन सिफारिस गर्ने सम्भावना रहेको छ । अदालतले गत फागुन ११ गतेको आफ्नो फैसलामा १३ दिनभित्र संसद बोलाउन आदेश दिएको थियो । 





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १२:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया