नगरमा भ्रष्टाचार बढेको भन्दै सार्वजनिक सुनुवाइ गर्न माग

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ का वडा अध्यक्ष नारायणप्रसाद रेग्मीले नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै तत्काल सबै वडामा सार्वजनिक सुनुवाई गर्न माग गरेका छन् । 

वडाध्यक्ष रेग्मीले चालु आर्थिक बर्ष २०७७/०७८ को प्रथम र दोस्रो चौमासिकको प्रगति प्रतिवेदन सार्वजनिक सुनुवाइमार्फत सबै जनता माझ पुर्याउन आग्रह गरेका छन् । 

शुक्रबार सम्झौता रोक्ने बारे एक पत्र जारी गर्दै वडाध्यक्ष रेग्मीले वडामा हालसम्म पनि सम्झौता हुन नसकेका योजनाहरु तत्काल रोकेर सर्वाजनिक सुनुवाइपछि मात्र अघि बढाउन माग गरेका हुन् ।
 
व्यक्तिगत तथा राजनीतिक पूर्वाग्रहबाट ग्रसित भएर कर्मचारी प्रशासनबाट बिनाकुनै कानुनी आधार नियमित काममा बाधा व्यवधान गर्ने र सेवाग्राहीहरुलाई दुःख दिने कार्य भइरहेको पत्रमा उल्लेख गरिएको छ । 

‘शक्ति र पहुँचको भरमा योजना छनोट तथा बजेट विनियोजन भइरहेको, अनुगमन तथा मूल्याङ्कनको पाटोमा चरम लापरवाही देखिएको, भ्रष्टाचार र कमिसनको जालोले नगरपालिकालाई ढाकिसकेको प्रष्ट देखिएको छ’, पत्रमा भनिएको छ, ‘यी सबै समस्याको स्पष्ट समाधान र सार्वजनिक सुनुवाइ नहुञ्जेलसम्म सम्झौता तथा भुक्तानी सम्बन्धी सम्पूर्ण कामकारवाही यत्तिकै रोकी गुनासो सुनुवाइ गर्न हुन अनुरोध गरिएको छ ।’ 

यस विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विकले दोस्रो चौमासिकको अन्तिममा (फागुन अन्तिम)मा सार्वजनिक सुनुवाइ गर्ने बताएका छन् । 

‘प्रथम चौमासिकमा विविध कारणले गर्न सकिएन,’ उनले भने, ‘दोस्रो चौमासिकको अन्तिममा सार्वजनिक सुनुवाइ गर्ने गरी हाम्रो तयारी भइरहेको छ । त्यतिखेर हाम्रा ९ वटै वडाको प्रगति प्रतिवेदन सार्वजनिक गर्नेछौँ ।’



पत्रमा लेखिएअनुसार सार्वजनिक सुनुवाइ नहुञ्जेलसम्म सम्झौता तथा भुक्तानीको काम भने नरोकिने उनको भनाइ छ । ‘उहाँलाई कहाँ समस्या परेको हो, त्यसलाई हामी बसेर समाधान गर्नेछौँ,’ उनले थपे, ‘पत्रमा भने जस्तै समग्र नगरपालिकाको काम रोक्नु हुँदैन ।’



  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार ८:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया