बलात्कारीलाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

महिला हिंसाविरुद्धमा बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेको छ । आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने राप्रमसं कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मीकुमारी हमालले चेतावनी दिइन् ।

केही समयअघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको भन्दै बाँकेमा नियमित जस्तै विरोध प्रदर्शन भइरहेका छन् । 

राप्रमसं कोहलपुर नगर कार्य समितिकी अध्यक्ष लक्ष्मीकुमारी हमालको नेतृत्वमा निस्किएको विरोध र्‍याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदी, मिडिया नेपालका सुदूरपश्चिम सह संयोजक पुरु दाहाल लगायत नगरका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यको उल्लेख्य उपस्थिति थियो ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १५:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया