थप ८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २८२४ मा  कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्रै ४८ जना निको भएर फर्किएका छन्।  

अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३ ले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। 





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १७:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया