वैज्ञानिकले पत्ता लगाए टिबी रोगको नयाँ औषधि
९० प्रतिशतको उपचार सफल

वैज्ञानिकले ट्युबरकुलोसिस अर्थात् टिबीको औषधि पत्ता लगाएका छन् । बेडाक्युलिन नामको जुन औषधिको मद्दतले ९० प्रतिशत रोगीको उपचार सम्भव भएको उनीहरूले दाबी गरेका छन् । बेलारुसमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको बताइएको छ । 

एन्टिबायोटिकको साथमा नयाँ औषधि 

वैज्ञानिकले टिबीरोगीलाई केही महिनासम्म एन्टिबायोटिकसँगै नयाँ औषधि बेडाक्युलिन दिएका थिए । 

१८१ जना टिबी रोगीको उपचार गर्दा १६८ जना पूरै ठीक भएका थिए । परीक्षणका लागि सो औषधि युरोप, अफ्रिका तथा साउथ एसिया पनि सुरु गरिएको छ । अनुसन्धान टिमका प्रमुख हेड एलेनाका अनुसार नयाँ औषधि टिबीको उपचारका लागि प्रभावकारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि मल्टिड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिसमा ५५ प्रतिशत मात्र उपचार सफल भएको थियो । 

२०१७ मा १७ लाख टिबी रोगीको मृत्यु         

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार २०१७ मा टिबी रोगबाट करिब १७ लाख मानिसको मृत्यु भएको थियो । वायु संक्रमणका कारण उत्पन्न हुने टिबी एक घातक रोग हो । जसका कारण मानिसको मृत्युसम्म हुने गरेको छ । मल्टिड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिसको स्थितिमा प्रायः एन्टिब्याक्टेरियल औषधिले प्रभाव देखाउन सक्दैनन् । 
         





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ४:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया