शंकर पोखरेल भन्छन्, 'सुझबुझका साथ दुश्चक्रको पुनरावृत्ति रोकौँ'
फाइल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका ओली समूहका नेता शंकर पोखरेलले दुश्चक्रको ​पुनरावृत्ति रोक्नुपर्ने बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यसमा लाग्न सबैलाई आह्वान गरेका छन् । 

संसद पुनःस्थापनापछि उत्पन्न परिस्थितिलाई मनन गर्दै सुझबुझका साथ दुश्चक्रको ​पुनरावृत्ति रोक्नुपर्ने पोखरेलले बताएका छन् । उनले अहिलेको परिस्थितिमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने औँल्याएका छन् । 

पोखरेलले २०५२ सालमा अदालतले संसद पुनःस्थापना गरिदिएपछि मुलुकले ब्यहोरेको पीडालाई सम्झनामा राखेको भए परिस्थिति अर्कै हुने भन्दै अब सुझबुझपूर्ण निर्णय आवश्यक भएको बताएका हुन् । 

पोखरेलले लेखेका छन्, भाद्र १२, २०५२ को फैसलापछि मुलुकले ब्यहोरेको पीडा सम्झेको भए परिस्थिति अर्कै हुन्थ्यो । तर नि सुझबुझका साथ दुश्चक्रको पुनरावृत्ति रोकौँ । 

भाद्र १२,२०५२को फैसला पछि मुलुकले वेहोरेको पीडा संझेको भए परिस्थिति अर्कै हुन्थ्यो।तर नि सुझवुझका साथ दुश्चक्रको पुनरावृत्ति रोकौ।

Posted by Shankar Pokhrel on Saturday, February 27, 2021




  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ८:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया