बुन्डेसलिगा : बायर्न र डर्टमण्डको शानदार जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले सजह जित निकालेका छन् । बायर्नले एफसी कोल्नमाथि ५० र डर्टमण्डले रेलिगेसन क्षेत्रमा रहेको अर्मेनियामाथि ३–० गोल अन्तरको जित निकालेको छ । 

बायर्नका लागि रोवर्ट लेवान्डोस्की र सेर्गे ग्नावेरीले दुई-दुई तथा इरिक म्याक्सिमले एक गोल गरे । कोल्नका इलियस सिक्रीले एक गोल फर्काए । जितसँगै बायर्नले अंकतालिकाको शीर्षस्थानमा रहँदै दोस्रो स्थानको लेइपेगसँग २ अंकको दूरी कायम गरेको छ । 

यता घरेलु मैदानमा डर्टमण्डले अर्मेनियामाथि जित निकाल्दा महमुद दाहोद, जाडोन सान्चो र रिनिएरले एक एक गोल गरे । जितसँगै डर्टमण्डले २३ खेलमा ३९ अंक जोडेको छ । 

डर्टमण्ड लिगको पाँचौ स्थानमा रहेको छ । अर्मिनिया १८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ९:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया