प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा तीन दिनयता सुनको मूल्य क्रमिक ओरालो लागिरहेको छ । गत शुक्रबारको तुलनामा साताको पहिलो दिन आइतबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

आइतबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार पनि ५ सय रुपैयाँले घट्दा प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार  ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार ५ सयले घटेर ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । 

चाँदी मूल्यमा सामान्य  गिरावट भएको छ। गत शुक्रबारका तुलनामा १० रुपैयाँले घट्दा आइतबार प्रतितोला १ हजार ३२५ रुपैयाँ भएको छ। गत शुक्रबार २० रुपैयाँले घट्दा प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७३४.७८ डलर र चाँदी २६.६८ डलरमा कारोबार भएको छ।





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १२:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया