कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार
फाइल फोटो

मस्तिष्ककघात भएर उपचाररत अवस्थामा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत रहेका जोशीको उपचारमा संग्लन डा। राजीव झाले आइतबार दिउँसो दिएको जानकारी अनुसार जोशीको स्वास्थमा क्रमिक सुधार भइरहेको छ। 

जोशीलाई बिहीबार राति जोशीलाई मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर जोशीको अवस्था गम्भीर बनेपछि राति नै नर्भिक अस्पताल लगिएको थियो। 

अति सधनकक्षमा राखेर जोशीको उपचार भइरहेको छ । चिकित्सकका अनुसार जोशी अझै खतरामुक्त भइसकेका छैनन् । आँखा अझै नखुले पनि उपचारमा संलग्न डाक्टर जोशीको हात खुटा विस्तारै चल्न थालेको चिकित्सकले जानकारी दिएका छन्। 





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १६:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया