गृहमन्त्रीको संयोजकत्वमा विप्लव नेतृत्वसँग वार्ता गर्न समिति, प्रतिबन्ध फुकुवा गरिँदै

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीसँग वार्ता गर्न समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली बनाइएको हो।

वार्ता टोलीमा गृहमन्त्री थापासँगै प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन्।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली घोषणा गरिएको जानकारी दिएका हुन् ।

केही दिनअघि विप्लवले एक विज्ञप्ति जारी गर्दै आफुहरु सरकारसँग वार्ता गर्न तयार रहेको बताएको थियो । हिजो मात्रै पोखरामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन भनेका थिए। 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १२:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया