'हटाउन सक्नेले हटाउन्, फेरि दुईतिहाइ ल्याएर सिंहदरबार फर्किन्छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव लगाएर हटाउन चुनौती दिएका छन्। झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। 

'फागुन २३ गते संसद् अधिवेशन बस्दैछ। राम्ररी अधिवेशन चलाएर अघि बढ्ने मेरो योजना छ', उनले भने, 'म मुद्दा हाल्न पनि गएको छैन। म राजनीति गर्न गएको छैन। म दरखास्त हाल्न निवेदन हाल्नु परेमा जनतामाझ आउँछु।'

उनले आफूलाई हटाएर देखाउन पनि चुनौती दिएका छन्। 'अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस्', उनले भने, 'तर आउँदो चुनाव नजिकै छ। अबको डेढ दुई वर्षपछि दुईतिहाइ बहुमतका साथ म सिंहदरबारमा फर्किन्छु।'

उनले उद्योगीहरुलाई बन्द उद्योगहरु फेरि खोल्न आग्रह गरेका छन्। 'दुर्गा प्रसाईजीले ठूलो आँट गर्नु भएको छ। उहाँको हिम्मतलाई धन्यवाद भन्नै पर्छ। दुर्गाजीको बिएण्डसीले अस्पतालमा मात्रै चलाएको थियो। अब सरकारले मेडिकल कलेज पनि चलाउन अनुमति दिँदैछ', उनले भने, 'अब चण्डीराज ढकालजीहरुले गार्मेन्ट उद्योगहरु चलाउनुस्, सरकारले सहयोग गर्छ।' 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १६:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया