ताप्लेजुङमा आगलागी : राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा मंगलबार आगलागीबाट क्षति भएकोमा दु:ख व्यक्त गरेकी छन्। राष्ट्रपतिले आगलागी प्रभावितका लागि यथाशीघ्र राहत र पुन:स्थापना पहल गर्न सरकारसँग आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीकै साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो रहेको उनले बताएकी छिन् ।

आगलागीबाट दोभान बजारका चार दर्जनभन्दा बढी घरसहित करोडौँ मात्रामा धनमालको क्षति भएको छ। मंगलबार बिहान ९ बजेदेखि लागेको आगो दिउँसो  मात्रै नियन्त्रणमा आएको छ।
 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १६:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया