बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी  कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।  

कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैँले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा. कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १७:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया