वार्ता समिति गठनप्रति कांग्रेस सकारात्मक, इमान्दार भएर समाधानमा पुग्न आग्रह

सरकार र नेत्रविक्रम चन्द समूहले वार्तामार्फत समस्या समाधानका लागि छुट्टाछुट्टै समिति गठन गर्नुलाई कांग्रेसले सकारात्मक रुपमा भनेको छ ।

सबै समस्याको समाधान वार्ताबाटै हुने भएकाले समिति गठन हुनुलाई कांग्रेसले सकारात्मक रुपमा हेरेको बताएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सबै समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने मान्यतामा कांग्रेस रहेको बताएका छन् ।

‘सबै समस्याको समाधान वार्ता, संवादबाट  गर्नुपर्ने मान्यतामा कांग्रेस दृढ रहेको रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

साथै दुवै पक्षलाई इमान्दारीपूर्वक वार्ताबाट समाधानमा पुग्न कांग्रेसले आग्रह पनि गरेको छ ।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा अघि भनिएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १८:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया