देशलाई निकास दिन सबै मिलेर अघि बढ्नुको विकल्प छैन : महतो

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताएका छन् ।

जसपाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका हुन् । 

‘यो गोल चक्करबाट नेपाललाई मुक्ति चाहिन्छ, उनले भने, ‘जबसम्म गोल चक्करबाट नेपाललाई मुक्ति मिल्दैन, तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् ।’

वरिष्ठ नेता महतोले संविधान र शासन पटक–पटक परिवर्तन हुने, तर विचार र व्यवहारचाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक–पटक राष्ट्रघात काम भएको आरोप लगाए । 

उनले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विद्यमान समस्यालाई समाधान गर्ने बताए ।

मुलुकको परराष्ट्र नीति कस्तो हुनुपर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गरे ।





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १८:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया