माधव नेपालले भने– पश्चाताप गरे ओलीसँग फेरि सहकार्य हुनसक्छ

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसँग आफूहरु सहकार्य गर्न तयार रहेको बताएका छन् । मोरङमा प्रेस संगठनले गरेको कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले ओलीसँग पनि आफूहरु सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका हुन् ।

तर, अहिले ओलीले पश्चाताप गर्ने सम्भावना नदेखिएको पनि उनले बताएका छन् । उनले पूर्वतिरबाट केही संकेत आएको छ र भनेर प्रश्न पनि सोधेका थिए ।

उनले प्रधानमन्त्रीले आफू असुरक्षित छु भन्नु पनि गलत भएको कार्यक्रममा बताएका थिए ।
 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १९:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया