वीरेन्द्रनगरमा प्रथम मेयर/उपमेयर कप फुटबल सुरु हुँदै

प्रथम मेयर तथा उप–मेयर कप फुटबल प्रतियोगिता बुधबारदेखि वीरेन्द्रनगरमा सुरु हुने भएको छ । 

वीरेन्द्रनगर नगरपालिको आर्थिक सहयोग तथा सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा बुधबारबाट फुटबल प्रतियोगिता सुरु हुने भएको हो । 

प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको सुर्खेत जिल्ला फुटबल संघले बताएको छ ।

मेयर कपका लागि पुरुषतर्फ १२ वटा वडाका १२ वटा टिम दर्ता भएका छन् भने प्रतियोगिता बुधबार दिउसो ३ बजेबाट सुरु हुनेछ । 

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने क्रमश ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद तथा ट्रफी प्राप्त गर्ने सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले बताए ।

मेयर कपमा आवद्ध टिमले नकआउट चरण र उप–मेयरकपमा आवद्ध महिला टोलीलाई लिग चरणमा प्रतिस्पर्धा गराइनेछ । 



उपमेयरतर्फ प्रथम हुने महिला टिमलाई क्रमश २२ हजार २ सय २२ रुपैयाँ, दोस्रो हुनेलाई ११ हजार १ सय ११ नगद रुपैयाँ कप र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै हरेक दिन उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान पनि गरिनेछ । 



  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २१:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया