‘ओलीलाई नहटाए प्रतिनिधिसभा नालायकहरुको जमातमा परिणत हुनेछ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्रीबाट केपी ओलीलाई नहटाए प्रतिनिधिसभा नालायकहरुको जमातमा परिणत हुने बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले सो कुरा बताएका हुन् । 

राष्ट्र र जनताको पूर्ण सुरक्षा गर्नुपर्ने प्रधानमन्त्रीले आफैँ असुरक्षित भएको हास्यास्पद र नियोजित दुष्प्रचार गरेको टिप्प्णी गर्दै उनले भनेका छन्, ‘यस्तो दिन पनि देख्नु पर्यो,नेपालमा ! इतिहासकै गैरजिम्मेवार सरकार ! राजनीतिक नैतिकताका सम्पूर्ण मूल्य र सीमा नाघेर निर्वस्त्र भएको निर्लज्ज सरकार !! राष्ट्र र जनताको पूर्ण सुरक्षा गर्नुपर्ने प्रधानमन्त्री आफैँ असुरक्षित भएको हाँस्यास्पद एवं नियोजित दुष्प्रचार र जनतालाई इमोसनल ब्ल्याकमेलिङ गर्दै छन्।’

मन्त्रीहरुका अभिव्यक्ति स्तरहीन र लज्जास्पद भएको भन्दै घिमिरेले भनेका छन्, ‘यो जनतालाई वेवकुफ बनाउने प्रपञ्च मात्र हो। यस्तो बेलामा सदनले एकमतले ओली सरकार हटाउन लाग्नुपर्छ, नत्र प्रतिनिधिसभा नालायकहरुको जमातमा परिणत हुनेछ। त्यसपछि उठ्ने जनआन्दोलनले वर्तमान राजनीतिलाई नै नामेट गर्नेछ।





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २१:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया