तीन महिने छोराको हत्या आरोपमा बाबु पक्राउ

तीन महिने छोराको हत्या गरेको आरोपमा बैतडीमा एक बाबु पक्राउ परेका छन् ।

तीन महिने छोरा लक्ष्मण चन्दको हत्या गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको थियो ।  साथै राजबहादुरले आफ्ना बाबु ७० वर्षीय मन्दिर चन्दलाई पनि कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । 

छिमेकीले छोराको हत्या गरेको र बाबुलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर दिएपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी चौकी बलाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार २१:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया