प्रचण्ड-माधव समूहको स्थायी र केन्द्रीय समिति बैठक बस्दै
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको स्थायी समिति र केन्द्रीय समितिको बैठक आज बस्दैछ । दुवै बैठक पार्टीको कार्यालय पेरिसडाँडामा बस्दैछ । 

पार्टीको स्थायी समिति बैठक बिहान ११ बजे पेरिसडाँडामा डाकिएका नेकपाले जनाएको छ । सर्वोच्च अदालतको फैसलापछि अबको परिस्थिति र पार्टीको रणनीतिमाथि छलफल गर्नका लागि बैठक बस्न लागेको बताइएको छ । 

त्यसपछि, आजै पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आफ्नो समूहमा रहेका सबै सदस्यहरुलाई नागरिकतासहित उपस्थितिका लागि आह्वान गरिएको छ । 

केन्द्रीय समिति बैठकमा अब बस्ने संसद बैठकमा पार्टीको रणनीति र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकाले अब चाल्नुपर्ने कदमका विषयमा छलफल हुने एजेण्डा रहेको एक केन्द्रीय सदस्यले दिएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ८:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया