आफूलाई राष्ट्रपति बन्न मन नभएको रामचन्द्र पौडेलको स्पष्टोक्ति

नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई राष्ट्रपति बन्न चाहेको भन्दै गलत प्रचार गरिएको दाबी गरेका छन् । उनले आफू राष्ट्रपति पदको लोभमा कहिल्यै नपरेको र नभएको बताएका छन् ।

यसअघि देशमा पहिलो पटक राष्ट्रपति बन्दा पनि आफूलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अफर गरेको उनले सम्झिएका छन् । 

उनले त्यति बेला पनि लोकतान्त्रिक आन्दोलनमा आफू अझै लाग्ने र राष्ट्रपति पदमा नखुम्चिने जवाफ कोइरालालाई दिएको बताएका छन् ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ९:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया