नेकपा अध्यक्ष प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएपछि उनी आराम कक्षमा छन् । 

आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ ।

यसअघि सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १०:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया