मोहम्मद आफताब आलमलाई छुटाउन प्रयासरत छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद मोहम्मद आफताब आलमलाई छुटाउने प्रयास भइरहेको बताएका छन्। इँटा भट्टामा हालेर मानिसलाई जिउँदै जलाएको अभियोगमा जेलमा रहेका आलमलाई छुटाउन प्रयासरत रहेको उनले बताएका छन्।

आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको कुरा उनले रौतहट पुगेरै बताएका हुन्। रौतहटको गढीमाई नगरपालिकाद्वारा सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटनका क्रममा उनले यस्तो भनेका हुन्। 

पूर्व प्रधानमन्त्री देउवाले भने, 'इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन पहल गरिरहेको छु', उनले भने। 

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे। । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबु यादव लगायतले स्वागत गरेका थिए। महायज्ञ एक सातासम्म चल्ने छ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १६:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया