हेटौंडा नगरकप भलिबल सुरु

हेटौंडाः  हेटौंडामा बुधबारदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै मेयर महतले खेल क्षेत्रमा स्थानीय सरकारले सक्दो सहयोग गरेको बताएका थिए । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, हेटौंडा ४ का वडा अध्यक्ष नबिन सिग्देल, हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान, हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतको उपस्थिति थियो । 

१३ वटा पुरुषको टिम र १० वटा महिला सहभागी हुने प्रतियोगिता पुरुष र महिला दुवैतर्फको विजेता हुने टोलीहरुले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै दुवै टोलीका ६–६ विधाका उत्कृष्ट खेलाडीहरुले नगद २ हजार ५ सय रुपैयाँ पाउनेछन् । ६ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा २ लाख ५० हजार हेटौंडा उपमहानगरले सहयोग गरेको छ भने ३० हजार प्रदेश खेलकुद विकास परिषद्ले दिएको छ । 

प्रतिष्ठानले राष्ट्रिय स्तरको प्रतियोगिता र स्थानीय स्तरको प्रतियोगिता गर्दै आएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक रहेका केशवलाल श्रेष्ठको २०७२ को भूकम्पमा परि मृत्यु भएको थियो । उनी चार दशकदेखि भलिबल क्षेत्रमा सक्रिय रहेका थिए ।  
 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १७:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया