न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


बिहीबार साँझ न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बिहीबार साँझ करिब ७ बजेतिर ७.२ रेक्टर स्केलकाे भूकम्प गएको हो । 

न्यूजिल्याण्डको उत्तरी आइसल्याण्डमा भूकम्प गएको हो । भूकम्पछि सुनामीको चेतावनी दिइएको छ । सरकारले उक्त क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।    

न्यूजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरेको छ ।


अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन । 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ०:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया