तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

तेजाब आक्रमणमा परेकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार पाउने भएकी छन् । अमेरिकी दूतावासले तेजाब आक्रमणविरुद्ध निरन्तर सक्रिय रहेकी खातुनलाई पुरस्कार प्रदान गरिने घोषणा गरेको छ । 

नेपालस्थित अमेरिकी मिसनले खातुनलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित पुरस्कार प्रदान गरिने सार्वजनिक गरेको हो । खातुनलाई फागुन २४ गते सोमबार राति सम्मान गरिने दूतावासले जनाएको छ । 

खातुनलाई अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार मुस्कान सहितका विजेताहरूलाई प्रदान गर्ने दूतावासले जनाएको छ । 

अहिले १५औँ वर्षमा रहेको आइडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दै आएको छ । 

 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ९:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया