सरकार-विप्लव वार्तापछि पहिलो तस्बिर सार्वजनिक

सरकार र विद्रोही नेकपा बीचको वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । 

महासचिव विप्लवले नवलपरासीमा शहीद परिवार भेटघाट गरी काठमाडौं आउँदैछन् । आज दिउँसो राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष समारोहलाई सम्बोधन गर्नेछन् । 

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौ आउँदैछन् । हिजो सहमति भएसँगै सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । 
 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ९:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया