प्रधानमन्त्रीलाई भेटे विप्लवले, नेताहरुसँगको आन्तरिक छलफलमा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव अब केही समयपछि सार्वजनिक हुँदैछन् । आज उनी सार्वजनिक हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मन्चमा देखिँदै छन् । 

आजै नवलपुरबाट काठमाडौं आइपुगेका विप्लवले केही बेरअघि मात्र प्रधानमन्त्री ओलीसँग आन्तरिक छलफल गरेका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलपछि उनी बालुवाटारबाट बाहिर निस्किएका छन् । 

अनि आफ्नो समूहका प्रकाण्डलगायतका नेताहरुसँगको छलफलमा जुटेका छन् ।

सरकारसँग वार्ता गर्न विप्लवले प्रकाण्डकै नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएका थिए । 
 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १३:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया