विप्लवको प्रस्ताव : नयाँ फैसला गर्न एक पटक जनमत संग्रहमा जाऊँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल र नेपालीको भविष्य फैसलाका लागि एक पटक जनमत संग्रहमा जानुपर्ने बताएका छन्। करिब चार वर्ष लामो भूमिगत जीवनपछि राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा राखेका हुन्। 

'हामीले नेपाली जनतालाई नयाँ फैसला गर्ने वातावरण दिनु आवश्यक छ', उनले भने, 'एक पटक हामी जनमतमा जानुपर्छ। सरकारले कदम चाल्दा पनि नहुने परिस्थिति देखिएको छ। जनताले सोच्न पाउने ठाउँ नै छैन। नेपाली आफैँले निर्णय गर्नका लागि जनमतमा जानुपर्छ।'

उनले नेपाली जनताले पटक पटक नेता र दल सबै चुनेको बताए। 'अब आवश्यक पर्दा नेपालको भविष्यबारे निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्छ', उनले भने, 'युद्धको अन्त्य कम्युनिष्टले मात्रै गर्छ। उत्पीडक र उत्पीडित अन्त्य हुने अवस्थामा यो अवस्था हुने छैन।'





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १५:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया