भूमिगत जीवन छाडेर यसरी सार्वजनिक भए विप्लव (फोटो फिचर)

करिब चार वर्ष लामो भूमिगत जीवनपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको भोलिपल्ट अर्थात् आज विप्लव नवलपरासीबाट काठमाडौं आएर सार्वजनिक भएका हुन् ।

उनले आजको दिनलाई नेपाली राजनीति र राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा विश्लेषण गरेका छन् । आजको दिनलाई सफल पार्नका लागि सरकार र वार्ताका लागि पहल गर्ने टोलीलाई धन्यवाद दिएका छन् । 

‘यो सहमति केवल नेपाल सरकार र नेकपा बीचको सहमति मात्र होइन । पार्टी वा केही नेताहरुको कुरा मात्र होइन । यसभित्र नेपाल र नेपाली जनतालाई स्वाधीन, समृद्ध, स्वाभिमानी बनाउने आकाँक्षा लुकेको छ’, उनले भने । 



उनले राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदहरुलाई पनि सम्झिएका छन् । एउटा अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जंगलमा ज्यानको आहुति दिने सहिदहरुलाई सम्झिएका हुन् । 



उनले अघि भने, ‘आजसम्म धेरैका सपना पूरा भए । तर, नेपाली जनता र सहिदको चाहना पूरा भएको छैन । सहिदको सपना मर्न दिँदैनौ । हामी बरु मर्न तयार छौ ।’ 
उनले सरकार र आफू दुवैले जिम्मेवारी पूरा गरेको महसुस गरेको बताएका छन् । 

‘अब धेरै साथीहरु छुट्नुहुनेछ । सरकार र हामी दुवैले आफ्नो जिम्मेवारी पूरा गरेको महसुस गरेका छौं’, महासचिव चन्दले भने । उनले सम्बोधनका क्रममा नेपाली समाज रुपान्तरणको प्रक्रियामा निरन्तर अगाडि बढिरहेको बताए ।

‘सामाजिक रुपान्तरण जीवनको रुपान्तरणको  यो कस्तो प्रेम भयो जुन र घामको जस्तो कहिले भेट नहुने । कर्णालीतिर गीत गाइन्थ्यो । हामी देश बनाउँछौं । यो देश बनाउने नेतृत्व हामी गरौं’, भावुक हुँदै उनले भने । 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १५:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया