सहयात्रीहरूसँग छिट्टै खुला आकाशमा भेट हुनेछः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्दले द्वन्द्वकालका सहयात्रीहरूसँग छिट्टै खुला आकाशमा भेट हुने भएका छन् । 

सरकार र विप्लवबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै विप्लवले सहयात्रीहरूसँग छिट्टै खुला आकाशमा भेट हुने बताएका छन् ।

‘छिट्टै सहयात्रीहरूसँग खुला आकाशमा भेट हुनेछ । यो सहमतिका कारण म निकै खुसी छु,’ उनले भने ।  सहमति पत्रमा हस्ताक्षर समारोहमा उनले छिट्टै मुक्त आकाशमा मिलन हुने बताए । 

‘अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि हुनुहुन्छ । कमरेड कञ्चन छुटेर संयोगले यहाँ आउनुभएको छ । म उहाँलाई स्वागत पनि गर्न चाहन्छु,’ विप्लवले भने, ‘हाम्रा साथीहरू छुट्नुहुनेछ, अनि हामी मुक्त आकाशमा मिलन हुनेछौं । यसबाट सरकार र नेपाल कम्युनिष्ट पार्टी हामी दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको छ ।’
 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १६:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया