प्रधानमन्त्री वामदेवलाई भेट्न भैंसेपार्टी : पार्टी एकताका लागि लचिलो हुन गौतमको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भैँसेपाटीस्थित निवास पुगेर भेटेका छन् । घरमा लडेर घाइते भएका गौतमको स्वास्थ्य अवस्था बुझ्न ओली शुक्रबार भैंसेपाटी पुगेका हुन्।

नेकपा विप्लव समूहसँगको वार्तापछि विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दसँग एकै मञ्चबाट सम्बोधन गरेका केपी शर्मा ओली  गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।

गौतम निकटस्थका अनुसार दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर कुराकानी भएको छ। गौतमले ओलीलाई पार्टी एकताका लागि लचिलो हुन आग्रह गरेको बुझिएको छ। 

भेटघाटका क्रममा संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार द्वय विष्णु रिमाल, राजन भट्टराई, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि उपस्थित थिए ।

 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार २०:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया