टेस्ट च्याम्पियनसिपको फाइनमा भारत र न्युजिल्यान्ड भिड्ने

चौथो तथा अन्तिम टेस्टमा पाहुना टोली इङ्ल्यान्डलाई एक इनिङ र २५ रनले पराजित गर्दै घरेलु टोली भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान  बनाएको छ । 

पहिलो पारीमा १६० रनले पछि परेको इङ्ल्यान्ड दोस्रो पारीमा १३५ रनमै समेटिएपछि भारतले यो नतिजा निकालेको हो ।

दोस्रो पारीमा इङ्ल्यान्डका लागि ड्यान लरेन्सले सर्वाधिक ५० रनको योगदान दिए । ९५ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे ।

कप्तान जो रुटले ३०, ओली पेपले १५ र वेन स्टोकले १३ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

भारतका लागि अक्षर पटेल र रविचन्द्रन आश्विनले समान ५–५ विकेट लिए । 

नरेन्द्र मोदी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले पहिलो पारीमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।



उसका लागि वेन स्टोकले अर्धशतकीय पारी खेले । १२१ बलको सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५५ रन प्रहार गरे । ड्यान लरेन्सले ४६ र ओली पेपले २९ रनको योगदान दिए ।

भारतका लागि अक्षर पटेलले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ र वासिङ्टन सुन्दरले १ विकेट लिए । 



ऋषभ पन्त र वासिङ्टन सुन्दरले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३६५ रन बनाएको थियो ।

१०१ रनको शतकीय पारी खेलेका ऋषभले ११८ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।  

९६ रनमा अविजित रहेका वासिङ्टनले १७४ बलमा १० चौका र १ छक्का प्रहार गरे । रोहित शर्मा ४९ र अक्षर पटेलले ४३ रनको योगदान दिए । 

इङ्ल्यान्डका लागि वेन स्टोकले ४, जेम्स एन्डरसनले ३, ज्याक लिचले २ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो जितसँगै भारतले ४ खेलको टेस्ट सिरिज ३–१ ले आफ्नो पक्षमा पर्‍यो । भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ । फाइनल खेल इङ्ल्यान्डको लड्स क्रिकेट मैदानमा जुन १८ बाट सुरु हुनेछ ।

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १७:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया