दार्चुलामा शनिबार बेलुकी जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग३च १६९३ नम्बरको जिप दुर्घटना परी चालकसहित तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त छन्।
घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, पदमराज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त र ७० वर्षीय गंगादेवी पन्त छन्।
जिप कच्ची सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाएको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।