पूर्व सभामुख महरालाई भेटे विप्लवले

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व सभामुख कृष्णबहादुर महरासँग भेटेका छन्। महराकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।

करिब चार वर्ष लामो भूमिगत संघर्षपछि विप्लव शुक्रबारदेखि शान्तिपूर्ण राजनीतिमा आएका छन्। गत शुक्रबार सरकार र विप्लवबीच तीन बुँदे शान्ति सम्झौता भएको थियो। त्यसयता विप्लवले राजनीतिक भेटघाट र बैठक तीव्र बनाएका छन्। 

विप्लवले पूर्वसभामुख महरासँगको भेटमा भएको कुराकानीबारे केही आएको छैन। विप्लवले ओलीसँगको वार्ताबाट शान्तिपूर्ण बाटो रोजेपछि प्रचण्डले शनिबार  उनको स्वागत गर्न आतुर रहेको बताएका थिए।  महरा प्रचण्डनिकट नेता पनि हुन्। 
 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १४:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया