प्रचण्डलाई गोकुल बाँस्कोटाको व्यङ्ग्य : हे कम्फरटेबल ! लौन, केही नयाँ चटक गर

सर्वोच्च अदालतले संसदको पुनःस्थापना गरिदिएपछि बसेको संसदको पहिलो बैठक बहिस्कार गर्ने सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले व्यङ्ग्य गरेका छन् । 

आफैले पुनःस्थापनाको माग गरेर आन्दोलनमा गएका दलहरुले नै पुनःस्थापित संसदको पहिलो बैठक अवरुद्ध गरेपछि बाँस्कोटाले व्यङ्ग्य गरेका हुन् । सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै उनले प्रश्न पनि गरेका छन् । 

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले अदालतको हिजोको फैसलाले अब एकता गरेपनि एक्ला एक्लै हिँडे पनि बाटो खुल्ला गरिदिएको र संसद पुनःस्थापना भइसकेको अवस्थामा फेरि किन क्याउँक्याउँ भन्दै प्रश्न गरेका हुन् । 

उनले लेखेका छन्, 'आफै पुनःस्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर । सूर्य पूर्वबाटै उदायो त किन हत्तू हैरान बनाउँदै दौड्या हुन ? अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे । अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ । फेरि क्याउँक्याउँ ? सकिएन बा ! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर ।'

आफै पुनस्थापनाकाे माग गरे अनि बहिष्कार,त्याे पनि सदन चल्न हुँदैन भनेर।सूर्य पूर्वबाटै उदायाे त किन हत्तु हैरान बनाउदै...

Posted by Gokul Baskota on Sunday, March 7, 2021




  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार ७:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया