सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सोमबारको खेलमा एपिएफले उत्कृष्ट पुनरागमन गर्दै न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराएको हो ।
पहिलो सेट २५–२३ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१३ ,तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
एपिएफले पहिलो खेलमा आर्मीलाईसँग ३–१ तथा दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएको न्यु डायमन्डले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबमाथि ३–१ सेटको जित निकालेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।